व्यापारीको अगाडि ओलीले गरे सपनाको कुरा, मातृका आक्रामक

७ बर्ष अगाडि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले आधा शताब्दीमा हुने काम पाँचै वर्षमा गर्ने भन्दै  आश्वासन बाँडेका छन् । 
बिहिबार राजधानीको भृकुटीमण्डपमा आयोजित सातौ अन्तराष्ट्रिय उद्योग व्यापार मेलाको उद्घाटन गर्दै ओलीले भने, ‘अबको ५ वर्ष विकास निर्माणको क्षेत्रमा आधा शताब्दी हुनेछ । आधा शताब्दीमा हुने काम हामी ५  वर्षमा  गछौं ।’
 देशको लागि काम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै ओलीले अब कसैले पनि भोकै बस्न पर्ने अवस्था आउन नदिने बताए । 
‘अब नेपालमा कोहि भोकै हुनु पर्दैन ।  त्यसको जिम्मा सरकारले लिन्छ ’, उनले भने, ‘ काम गर्न सक्नेले काम गर्छ  । नसक्नेको जिम्मा सरकारले लिन्छ ।’
   भ्रष्टचार मुक्त समाज निर्माणका लागि सरकार लागिपरेको भन्दै ओलीले भने, ‘सरकार भ्रष्टचारका विरुद्ध छ ।  भिजनको पक्षमा छ । रोजगारको पक्षमा छ । ’
काममा ढिलासुस्ती गर्नेसँग कुनै सम्झौता हुन नसक्ने भन्दै ओलीले उद्योग धन्दाको लागि सही बातावरण तयार भएकाले ढुक्क भएर लगानी गर्न समेत आह्वान गरे । 
सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव भने आक्रामक रुपमा प्रस्तुत भए । उनलले अहिलेससम्म अधिकारको लागि लडिएको भन्दै अब विकासको  लडाईँ सुरु भएको बताए । 
उनले सरकारले भ्रष्ट ठेकेदार र कर्मचारी कसैलाई पनि नछाड्ने चेतावनी दिँदै भने, ‘नेता मन्त्री बनेपछि औषधि  गर्न विदेश जान्छन्  । कर्मचारी  असुली गर्न जान्छन् । तस्करहरु कर्मचारीलाई घुस खुवाउन जान्छन् ।  अब हामी यस्ता धन्दा बन्द गराउँछौं ।’
 ५ वर्षमा देशलाई नमुना बनाउने दाबी गर्दै यादवले त्यसको लागि  गलत काममा लाग्नेलाई कडा भन्दा कडा कारबाही गरिने बताए । 
उनले भने, उनले भने, ‘ अब प्रष्ट भए हुन्छ, घुस खुवाउनेको काम अब हुँदैन । खानेको त के–के हुन्छ , हेर्दैजानुस् ।’

७ बर्ष अगाडि

प्रतिक्रिया