प्रदेश १ को प्रदेशसभा बैठक भोलि, अविश्वासको प्रस्ताव पेश गर्ने तयारी

५ बर्ष अगाडि

काठमाडौं - प्रदेश १ को प्रदेशसभा बैठक भोलिका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने तयारी रहेको बताइएको छ ।

माघ ७ गते बसेको पहिलो बैठक डेढ मिनेटमै स्थगित भएको थियो । भोलि बस्ने दोस्रो बैठकमा भने मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव पेश गरेर छलफल अघि बढाउने तयारीमा नेकपा प्रचण्ड–नेपाल समूह जुटेको बताइएको छ ।

तर, प्रदेश सभा सचिवालयले भने अविश्वासको प्रस्ताव पेश हुने निश्चित नरहेको जनाएको छ । मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले टेवल गर्न भन्दै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया