आइपीओ निष्काशन पछिको पहिलो वर्ष ग्रीनलाइफ हाइड्रो घाटामा जाने, यस्तो छ वित्तिय अवस्था

५ बर्ष अगाडि

गत शुक्रबारबाट ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आईपीओ० निष्काशन गरेको छ । 

कम्पनीले माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणहरुका लागि ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ मूल्य बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले उक्त आइपीओ निष्काशन गरेको हो । 

कम्पनीको आईपिओमा छिटोमा माघ २७ गतेसम्म र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सकिने छ । 

कस्तो छ कम्पनीको वित्तिय अवस्था ?

आइपीओ निष्काशन अघि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस (आईएस)’ रेटिङ्ग प्रदान गरेको छ । यस क्रेडिट रेटिङ्गले निष्काशनकर्ता वित्तिय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ । 

दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनी २०६६ सालमा दर्ता भएको हो । 

कम्पनीको अधिकृत पूँजी दुई अर्ब पचास करोड रहेको छ भने जारी पूँजी एक अर्ब ८० करोड रहेको छ ।

यस कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको नाफा नोक्सान विवरण उल्लेख गरेको छैन भने ७७/७८, ७८/७९ र ७९/८० को नाफा नोकसानको मात्र प्रक्षेपण गरेको छ । 

कम्पनीको वित्तय विवरण अनुसार कम्पनीलाई आर्थिक वर्ष ७७/७८ मा २ करोड ३७ लाख ४६ हजार घाटा हुने देखिन्छ । 

त्यस्तै, ७८/७९ मा कम्पनीले १२ करोड ८८ लाख  र ७९र८० मा भने कम्पनीले १५ करोड ५८ लाख खुद नाफा हुने प्रक्षेपण गरेको छ । 

उता, कम्पनीले आर्थिक वर्ष ७६/७७ मा आफ्नो नेट वर्थ ९९.६७ रुपैयाँ रहेको उल्लेख गरेको छ भने आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा नेट वर्थ क्रमश ९८/३३, १०५/४९, र ११४/२९ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया