एजेन्सी। अमेरिकी इतिहासमा पहिलो पटक कुनै निवर्तमान राष्ट्रपतिलाई क्लासिफाइड इन्टेलिजेन्स ब्रिफिङ हासिल गर्ने अधिकार नहुने भएको छ । यो कुरा अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार पुष्टि गरेका हुन् ।
शिष्टाचार अनुसार निवर्तमान राष्ट्रपतिले पनि गोप्य जानकारी पाउने गर्छन् तर यसपटक यस्तो नहुने भएको छ । ट्रम्पले यस्तो प्रकारको गोप्य जानकारी हासिल गर्नुको कुनै अर्थ नभएको बाइडेनले बताएका छन् ।
ह्वाइट हाउस प्रेस सेक्रेटरी जेन साकीले यो हप्ताको सुरुवातमा यो मुद्दाको विषयमा भनेकी थिइन्, ‘डोनल्ड ट्रम्पलाई गोप्य जानकारी दिने नदिनेबारे अहिले चर्चा भइरहेको छ ।’
केही डेमोक्रेटिक सांसद र ट्रम्प प्रशासनका पूर्व अधिकारीले पनि ट्रम्पलाई यस्तो प्रकारको जानकारी दिनेबारे प्रश्न तेर्साएका थिए ।
प्रतिक्रिया