अबको डेढ महिनामा कोरोना बीमाको सबै दाबी भुक्तानी हुने वीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् । शुक्रबार बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक पौडेलले यस्तो बताएका हुन् ।
अहिले कोरोना बीमाको दाबी भुक्तानीको काम फास्ट ट्रयाकबाट भइरहेको जानकारी गराउँदै कार्यकारी निर्देशक पौडेलले अबको डेढ महिनभित्र सबैको दाबी भुक्तानीको राफसाफ फर्स्यौट हुने बताए । सो क्रममा उनले वीमा कम्पनीहरुको वित्तीय विवरणमा एनएफआरएस प्रणाली लागू भइसकेको बताउँदै बीमा समिति अब चाँडै नै रिक्स बेस क्यापिटलमा जान लागेको समेत जानकारी दिए ।
गत बिहिबार अर्थ मन्त्रालयबाट पद तथा गोपनियताको सपथ लिएका नवनियुक्त बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आजै शुक्रबार समितिको पदभार ग्रहण गरेका छन् ।
प्रतिक्रिया