भूमिगत डन दाउद इब्राहिमका सहयोगी २५ वर्षपछि पक्राउ

७ बर्ष अगाडि

काठमाडौं–मुम्बईमा श्रृङ्खलाबद्ध बम हमला भएको २५ वर्षपछि सीआईबीले सो हमलाको प्रमुख योजनाकार फारुक टक्ला भनेर चिनिने यासिन मन्सुर फारुकलाई पक्राऊ गरेको छ । उनी भुमिगत डन दाउद इब्राहिमका नजिकका सहयोगी मानिन्छन् ।
५७ वर्षीया फारुक दुबईमा पक्राऊ परेका थिए । उनलाई बिहिबार विहानै भारत ल्याइने केन्द्रिय अनुसन्धान व्युरोका प्रवक्ताले जानकारी दिए ।
फारुकलाई आतङ्कवादी र ध्वसात्मक क्रियाकलाम नियन्त्रण ऐन अन्तर्गतको विशेष अदालत (टाडा)मा मुद्दा चलाइनेछ ।
सीआईबी का अनुसार टक्ला र उनको भाई मोहमद अहमद मन्सुर सो हमलामा सलग्न विस्फोटनकर्ताहरुलाई दुवई रणनैतिक सहयोग गरेको आरोप लगाइन्छ । ति विस्फोटकर्ताहरु पछि हतियार तालिमको लागि पाकिस्तान पठाइएको थियो ।
तत्कालिन समयमा बम्बई भनिने मुम्बईमा १२ मार्च १९९३ दिउसो १ः३० देखि ३ः४० बीच १२ वटा बम विस्फोट भएको थियो । सो घटनामा २५७ जना मानिसको ज्यान गएको थियो भने ७१३ जना घाइते भएका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया