नारायणहिटीबाट प्रधानमन्त्री ओलीले भने : राजतन्त्र पुनर्स्थापना हुँदैन

५ बर्ष अगाडि

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनर्स्थापना नहुने बताएका छन् ।  

नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले समाप्त पार्न नसक्ने बताउँदै उनले आधा शताब्दी राजतन्त्रविरुद्ध लडेको र अब राजतन्त्र पुनर्स्थापन हुनै नसक्ने बताएका हुन् ।

नारायणहिटीअगाडि आयोजित भाएको बृहत जनसभालाई सम्बोधन गर्दै उनले भने, “आज बिहानसम्म पनि भन्दै थिए, ओलीले राजतन्त्र फर्काएको घोषणा गर्छ रे । लोकतन्त्रका लागि आधा दशकभन्दा बढि समय प्रजतन्त्रका लागि जुन केपी ओली लड्यो, उसैले राजतन्त्र फर्केको घोषणा गर्छ रे ।

साथै यो संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कार्यान्वयन गरेर अगाडि बढ्ने बताए  । 

५ बर्ष अगाडि

प्रतिक्रिया