रुरु जलविद्युत परियोजना लिमिटेडले आइपीओ निष्काशनको अनुमति पाएको छ ।
कम्पनीलाई धितोपत्र बोर्डले गत माघ २१ गते निष्काशनको अनुमति दिएको हो ।
अब यस कम्पनीले ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि रु। १०० अंकित दरका ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्नेछ।
त्यस पछि कम्पनीले रु २० प्रिमियम थपेर रु १२० का दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया