काठमाडौं- नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक यो साता झन्डै ५० अकंले बढेको छ ।
गत साताको अन्तिम दिन (बिहीबार) २४२५.३० बिन्दुमा कारोबार बन्द भएको परिसुचक यो साता ४९.९७ अंकले बढेर साताको अन्तिमसम्म आउँदा २४७५.२७ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक (२०७५.२७) हालसम्म कै उच्च बिन्दु कायम भएको छ । तर,परिसुचकले यो साता कारोबारको क्रममा २५२०.३७ सम्म बिन्दुसम्म पनि पुगेको थियो । जुन शेयर बजारको ऐतिहासिक उचाई रहेको थियो ।
यो साता नेप्से परिसुचक रु.४१ अब ६८ करोड ६४ लाख बराबरको कारोबार भएको हो । साताभर ८ करोड ५६ लाख ७४ हजार ७१३ कित्ता शेयर ४ लाख ३७७ पटक खरिद बिक्री भएको हो ।
यो साताभर नेप्से कारोबारको यस्तो रहेको छ :
साताको पहिलो दिन (आइतबार) २४२५.३० को बिन्दुबाट कारोबार सुरु भएर ५४.७५ अंकले ओरालो लाग्दै २३७०.५५ को बिन्दुमा पुगेको थियो । यो दिन नेप्सेमा १ करोड ६२ लाख ७७ हजार २४५ कित्ता शेयर ९६ हजार १५६ पटक खरिद बिक्री हुदाँ रु.८ अर्ब ९७ करोड ३२ लाख ६ हजार कारोबार भएको थियो ।
साताको दोस्रो दिन(सोमबार) परिसुचक ३७.६९ अंकले बढेर २४०८.२४ को बिन्दुमा पुगेको थियो । यो दिन परिसुचकको उच्च बिन्दु २४१३.७६ रहेको थियो । सोमबार १ करोड ३३ लाख ११ हजार ९४२ कित्ता शेयर ६५ हजार ७७८ पटक खरिद बिक्री हुदाँ रु. ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार बराबरको कारोबार भएको थियो ।
साता तेस्रो दिन (मंगलबार) नेप्से परिसुचक ६५.५ अंकले बढेर २४७३.७४ को बिन्दुमा पुगेको थियो । यो दिन १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर ७४ हजार ७१४ पटक खरिद बिक्री हुदाँ रु ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार बराबरको कारोबार भएको थियो ।
यस्तै साताको चौथो दिन (बुधबार) कारोबारको अन्तिम समयसम्म आउँदा ६.८२ अंकले ओराला लागेर २४६६.९२ को बिन्दुमा पुगेको छ । यो दिन परिसुचक कारोबारको क्रममा हालकै उच्च बिन्दुमा पनि पुगेके थियो । बुधबार कारोबार सुरु भएको १ घण्टा नपुग्दै २५ को बिन्दु नाघेको थियो । तर,कारोबार अन्तिम समयसम्म उक्त बिन्दु ओरालो लागेर २४६६.९२ को बिन्दुमा झरेको हो । सो दिन नेप्सेमा साताकै उच्च कारोबार रु. ९ अर्ब ५३ करोड १७ लाख १६ हजार बराबरको कारोबार भएको थियो । साथै ९१ हजार ५५९ पटक २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर खरिद बिक्री भएको हो ।
साताको अन्तिम दिन (बिहिबार) ८.३५ अंकले बढेर नेप्से परिसुचक २४७५.२७ को बिन्दुमा पुगेको छ । यो दिन १ करोड ८७ लाख १९ हजार ३८७ कित्ता शेयर ७२ हजार १६९ पटक खरिद बिक्री हुदाँ रु.७ अर्ब ६१ करोड ५० लाख ७१ हजार बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया