आज ओली पक्षको आमसभा, सवारी आवागमन प्रभावित

५ बर्ष अगाडि

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को ओली पक्षले शुक्रबार दरवारमार्गमा आयोजना गर्न लागेको आमसभाका कारण काठमाडौं उपत्यकाभित्र सवारी आवागमन प्रभावित भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दरवारमार्गमा हुने कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानमा मानिसहरु भेला भइरहेका कारण दरवारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको छ ।

ट्राफिक प्रहरीले दरवारमार्गतर्फ जाने भाडाका साना सवारी साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पद्मोदयमोड, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर, सोह्रखुट्टेबाट डाइभर्सन गरेको छ ।

सवारी आवागमन सहज बनाउनका लागि भाडाका ठुला सवारी साधनलाई चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको महाशाखाले जनाएको छ । डाइभर्सनका कारण माइतिघर, सिंहदरवार, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी साधन चापमा चलिरहेको महाशाखाले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया