कोरोनाले टेलिकमलाई दिएको अवसर : डेटाको अनपेक्षित माग

५ बर्ष अगाडि

काठमाडौं-  मानिसको जीवनशैलीलाई नै चुनौती दिइरहेको कोरोनाभ भाइरसका कारण उत्पन्न परिस्थितिले सबैलाई भर्चुअल संसारमा बस्न बाध्य बनाएको छ । यसले टेलिकमको नेटवर्क प्रयोग नाटकीय शैलीमा बढेको छ र चुनौती पनि दिएको छ । 

जब देशमा पहिलो लकडाउन सुरु भयो । नेपालका सबै सेवाप्रदायकहरुको भ्वाइस सेवाको ट्राफिक ३० प्रतिशतसम्म घट्यो भने डेटा ट्राफिक ह्वात्तै बढ्यो ।

लकडाउन हुनुअगाडि दैनिक डेटाको खपत ३०० टेराबाइट थियो भने २०२० सेप्टेम्बरसम्म दैनिक डेटाको खपत १०२० टेराबाइट नाघिसकेको छ र अझै बढ्ने क्रममा देखिन्छ । टेलिकमको दैनिक डेटा खपत २०२० मार्चमा ४६० टेराबाइट, अप्रिलमा ५८० टेराबाइट, मेमा ७०० टेराबाइट, जुनमा ७९० टेराबाइट,जुलाईमा ८८० टेराबाइट र अगष्टमा ९५० टेराबाइट रहेको थियो ।

यसले दैनिक डेटाको खपतको वृद्धिमा नेपाल टेलिकमको हिस्सा अन्य सेवाप्रदायकको भन्दा बढी रहेको देखाउँछ । यस कम्पनीको दैनिक डेटा खपतको वृद्धि लकडाउनअघिको समयसंग तुलना गर्ने हो भने झण्डै शत प्रतिशतले बढेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया