एमसीसी बारे कुनै निर्णय नगरेको हुनाले नारा नलगाउन मात्र भनेको हो : प्रचण्ड

५ बर्ष अगाडि

काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहिबार आमहड्तालका क्रममा एमसीसी बारे नारा लगाउन रोकेको बारे प्रष्टिकरण दिएका छन् ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा स्पष्टीकरण दिदै प्रचण्डले पार्टीले एमसीसीको बारे कुनै निर्णय नगरेको हुनाले आफूले अहिले नारा नलगाउन भने स्पष्ट पारेका हुन् ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको विरोधमा गरिएको आमहड्तालमा अन्य नारा घुसेपछि त्यसलाई रोक्नमात्र खोजेको प्रचण्डले बताए । 

प्रचण्डले आफू एमसीसीको समर्थनमा पनि नगरेको र नीति पनि नबदलेको भन्दै हालै अमेरिकी रादूतसँगको भेटमा पनि यसलाई परिमार्जन गर्न सकिने वा नसकिने बारे छलफल गरेको बताए । 

साथै आफूले एमसीसीको समर्थन पनि नगरेको र अश्वीकार पनि नगरेको अवस्थामा आफु रहेको प्रचण्डले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया