नेप्सेमा सिभिल बैंकको शेयर मूल्य समायोजन

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शुक्रवार सिभिल बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

नेप्सेले ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू.  २१५ तोकेको छ ।

कम्पनीको बिहीवार कायम अन्तिम शेयरमूल्य रू. २३२ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न फागुन ९ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले आफ्नै केन्द्रिय कार्यालय सुन्धारा, काठमाडौंमा साधारण सभा बोलाएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया