प्रधानमन्त्री ओलीको पुत्‍ला दहन

५ बर्ष अगाडि

नेकपाको प्रचण्ड-नेपाल समूहले आज देशभर आमहड्ताल गरेको छ ।  काठमाडौंका सडकमा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता देखिएका छन् । 

यस्तै ललितपुरको सातदोबाटोमा आम हड्तालको आह्वान गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्किएका छन् ।

नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने । कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारले संवैधानिक निकायहरुमा जबरजस्ती प्रमुख र सदस्यहरु नियुक्त गरिएको भन्दै प्रचण्ड-नेपाल समूहले आज आमहड्ताल गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया