नेपाल टेलिकमको सक्रिय ग्राहक २ करोड बढि

५ बर्ष अगाडि

काठमाडौं - नेपाल टेलिकमको २ करोड भन्दा बढि सक्रिय ग्राहकहरू रहेका छन् । कम्पनीका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्त सम्म आधारभुत सेवाका सिडिएमए, जिएसएम, पिएसटिएन प्रयोग गर्ने २ करोड ९ लाख सक्रिय ग्राहक रहेका छन् । 

गत आर्थिक वर्षमा २ करोड २७ लाख ग्राहक रहेकामा २० लाख निष्क्रिय ग्राहक हटाउदा पनि चालु आर्थिक वर्षको मङ्सिर मसान्त सम्ममा २ करोड ९ लाख सक्रिय ग्राहक रहेको कम्पनीको १७ औं वार्षिक उत्सवको अवसरमा भएको कार्यक्रम मार्फत कम्पनीका प्रबन्धक निर्देशक डिल्ली राम अधिकारीले जानकारी दिए । 

कम्पनीको जिएसएम सिम प्रयोगकर्ता १ करोड ८४ लाख ३१ हजार रहेका छन् भने सीडिएमए प्रयोगकर्ता १८ लाख ८ हजार र पिएसटिएन प्रयागकर्ता ६ लाख १७ हजार रहेका छन् । यस्तै एफटिटिएच प्रयोगकर्ता ६१ हजार ३ सय रहका छन् ।  

कुल १ करोड ६४ लाख ९ हजार ५ सय भन्दा बढीले नेपाल टेलिकमको इन्टरनेट डाटा प्रयोग गर्दै आएका छन् । 

जसमा जिएसएम मोबाइल डाटा प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार रहेका छन् भने एडिएसएल मोबाइल डाटा प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय,  एफटिटिएच डाटा प्रयोगकर्ता ८६ हजार  र वाईम्याक्स डाटा प्रयोग कर्ता १८ हजार रहेको अधिकारीले बताए ।  

साथै कम्पनीले चालु आर्थिक वर्ष मंसिर मसान्त सम्ममा जि।एस।एम फोर जी। डाटा प्रयोगकर्ता २५ लाख पुगेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया