काठमाडौं - नेपाल टेलिकम (नेपाल दुरसञ्चार कम्पनी लिमिटेड) को १७ औं वार्षिक उत्सव समारोह सम्पन्न भएको छ । आज कम्पनीको प्रधान कार्यालयमा एक कार्यक्रमका बिच समारोह सम्पन्न भएको हो ।
वि.सं. २०६० साल माघ २२ गतेबाट कम्पनीको रुपमा रूपान्तरण भएका टेलिकम आज १७ औं वर्ष पुरा गरि १८ वर्षमा प्रवेश गरेको छ । १७ बर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक ४ लाख २२ हजार रहेकोमा अहिले सम्म २ करोड ९ लाख नाघिसकेको छ ।
यसको अर्थ ७० प्रतिशत जनसंख्या नेपाल टेलिकमको पहुँचमा पुगिसकेको नेपाल टेलिकममा प्रबन्धक निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिएका छन् ।
कम्पनीले ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोर जी डेटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याइसकेको छ ।
कम्पनीले वार्षिक उत्सवको अवसरमा आजबाट मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्ने गरि आकर्षक सुविधा सहित फोरजी वायरलेस होम ब्रोडब्यान्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवाको सुरुवात गरेको छ ।
साथै कम्पनीले सबभन्दा धेरै रकमको कारोबार गर्ने सात वटै क्षेत्रका एक एक जना गरी ७ जना र एमपिओएस एसओएपि एक्सएमएल तर्फबाट एक जना गरी जम्मा ८ जना डिलरलाई, सर्वाधिक बिल भुक्तानी गर्ने ग्राहकहरू एक एक जना गरी जम्मा ५ जनालाई डिलरलाई कदरपत्र सहित सम्मान गरिएको छ ।
त्यस्तै नेपाल टेलिकमको विभिन्न सेवाहरूमा आवाज दिने कलाकारहरू, कोरोनाको सङ्क्रमणको बेला कम्पनीमा कार्यरत कर्मचारीहरूको पिसिआर परीक्षण तथा उपचार गरी सहयोग गर्ने हस्पिटलहरूलाई पनि कम्पनीले कदरपत्र सहित सम्मान गरेको छ ।
प्रतिक्रिया