साताको अन्तिम ८.३४ अंकले बढ्यो नेप्से, सर्वाधिक कारोबार गर्दै नेपाल रिइन्स्योरेन्स उच्च स्थानमा

५ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम दिन (बिहिबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबार अन्तिम समय आउँदा ८.३४ अंकले बढेको छ । 

आज ११ बजे २४६६.९२ को बिन्दुबाट सुरु भएको परिसुचक कारोबारको केही समय ओरालो लागेपनि ३ बजे सम्म आउँदा ८.३४ अंकले बढेर २४७५.२६ को बिन्दुमा पुगेको छ । चार घण्टाको अवधीसम्म ०.३४ प्रतिशतले बढेको छ । 

सेन्सेटिभ १.६८ अंकले बढेर ४५४.०२ को बिन्दुमा पुगेको छ ।

कारोबारका १२ उपसमुहमध्ये ६ उपसमुह बढेका छन् भने ६ उपसमुह ओरालो लागेका छन् ।

अन्तिम समयसम्म कारोबारमा आएका २०१ कम्पनी १ करोड ८७ लाख १९ हजार ४८९ कित्ता शेयर ७२ हजार १७० पटक खरिद बिक्री हुदाँ ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार रुपैंया बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका कम्पनीमध्ये नेपाल रिइन्स्योरेन्स कम्पनीले २७ करोड ५३ लाख रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया