फुटेर नयाँ पार्टी नभइसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एउटा समूह प्रतिनिधिसभा विघटनको विरुद्धमा आम आम हड्ताल गरिरहेको छ । अर्को सत्ताधारी समूह चाहीँ आम हड्तालको आलोचना गरिरहेको छ ।
बन्द हड्तालमा जति धेरै जनतालाई आतंकित रूपमा प्रचार भयाे, त्यति धेरै सफल हुन्छ भन्छन् । जस्तो सवारी साधन जलाएको प्रचार गरेपछि अन्य सवारी साधन डराउँछन, बजार पसल तोडफोड गरेको प्रचार भएपछि खुलिरहेका पसलहरुपनि बन्द हुन्छन् । तर त्यो जान्दाजान्दै पनि आम हड्तालको बिरोध गरिरहेका सत्तारुढ पक्षका नेकपाका कार्यकर्ताले साइबर हतियार प्रयोग आन्दोलनको प्रचार गरिरहेका छन् ।
देश विदेशमा विभिन्न विषयमा भएका आन्दोलनका फोटोहरु राखेर उनीहरुले आन्दोलनको प्रचार गरिरहेका हुन् ।
हड्तालको बिरोध गरेजस्तै गरेर उनीहरुले आन्दोलनकारीले किसानका तरकारी भुँईमा फ्यालेको, गाडी जलाएको, एम्बुलेन्स तोडफोड गरेको भन्दै प्रचार गरेका छन् । त्यसमध्ये बिहीबार बिहानै बालाजुमा जलाएको ट्याक्सी बाहेक अन्य सबै तोडफोडका फोटोहरु पुराना हुन् ।
धेरैले भूँईँभरी तरकारी फ्यालेको फोटो राखेर आन्दोलनकारीको आलोचना गरेका छन् । सामाजिक सञ्जालमा जे देख्यो शेयर गरिहाल्नेलाई त के थाहा र, तर राज्यको विभिन्न ओहोदामा पुगेर आफूलाई बुझक्कडको दर्जामा उभ्याइसकेकाहरुले समेत ति फोटोहरु प्र
चार गरेका छन् ।
प्रचार गरिएको सडकभरी तरकारी भएका फोटोमध्ये केही सप्तरीमा किसानले गरेको आन्दोलनका फोटोहरु हुन भने केही फोटो भारतमा किसान आन्दोलनको फोटो छन् । तरकारकारीको फोटोमा प्रचार गर्नेमा बरिष्ठ पत्रकारहरु, कर्मचारी, अवकासप्राप्त कर्मचारी समेत छन् । यसबाट उनीहरुको वास्तविकता पहिचानको क्षमता समेत पुष्टि हुन्छ ।
त्यस्तै बालाजुमा जलाएका ट्याक्सीका चालकले पनि आन्दोलनकारीले जलाएको नभइ चाबहिल जानका लागि भनेर आएका व्यक्तिले ट्याक्सी जलाएको बताएका छ् । ट्याक्सी धनीले नै बीमाको दावीका लागि आन्दोलनको मौका पारेर ट्याक्सी जलाएको भन्दै प्रहरीले अनुसन्धान गरेको बताएको छ ।
उता एम्बुलेन्सभित्रबाट अताल्लिँदै बिरामी पुर्जा देखाइरहेको फोटो पनि बिहीबारको हड्तालको नभएको पुष्टि भएको छ । सन २०१२ मा भएको बन्दमा पर्वतबाट बिरामी बोकेर पोखरा पुगेको एम्बुलेन्स पोखराको पृथ्वीचोकमा तोडफोड भएको देखिएको छ ।
यसरी फोटोहरु प्रचार गर्दा बिरामी परेर अस्पताल जानुपर्ने, अति आवस्यक परेर यात्रा गर्नुपर्ने, तरकारी लगायत अत्यावस्यक सामग्री बिक्री गर्नुपर्नेलाई समेत निरुत्सहित भएका छन् । सामाजिक सञ्जालमा सत्तापक्षका नेता कार्यकर्ताले नै यसरी प्रचार गरेको कारण सडकको वास्तविकता नबुझी घरभित्र चुपचाप बसेर एकातिर आम हड्ताललाई सफल पार्न मद्दत पुगेको छ भने अर्कोतिर जरुरी कामका लागि निस्कनुपर्नेले समेत निस्कन नपाएर दुःख भोगेका छन् । अहिले बिराेधका लागि गलत फाेटाे प्रयाेग गर्दा सत्ताधारीकाे बिराेध बन्दकाे बिराेध हाेइन कि बन्द सफल पार्न जनता आतंकित पार्न खोजेको जस्तो देखिँदैछ, जसले ‘जनबिरोधी आम हड्ताल, सफल पारौँ, सफल पारौँ’ भनेजस्ताे देखाइरहेकाे छ । किनकी याे देखेर जनता बाहिर निस्कँदैनन्, बन्द सफल हुन्छ ।
अर्कोतर्फ अहिलेको आन्दोलन प्रधानमन्त्रीको प्रतिगामी कदम बिरुद्ध भनेर आन्दोलनकारीले भनेका छन् । उनीहरुले संविधानमा व्यवस्था नै नभएको अबस्थामा पनि प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेको आरोप पनि लगाएका छन् । जनता सडकमा निस्केको बेला बिरोध गर्ने परिपाटी त पञ्चायतकालमा पनि रहेको पाइन्छ । निरंकुश पञ्चायती पक्षधरले । त्यसैले यसरी आफूलाई गलत लागेको कदमको बिरोध गर्न गलत बाटोको प्रयोग गर्दा जनताले नपत्याउने र बहुदलका लागि जनताले गरेको आन्दोलनको बिरोध गर्ने पञ्च र अहिलेका सत्ताधारी कम्युनिष्टलाई एउटै मान्नुपर्ने अबस्था आउन सक्ने राजनीतिज्ञहरु बताउँछन् । यस्तो अबस्थामा जनताले दुःख भोग्नुपर्ने अबस्था आउन नदिन आन्दोलनकारी र गलत प्रचार गरेर आफूलाई पञ्चको कित्तामा नउभ्याउन आन्दोलनको बिरोध सत्ताधारी चनाखो हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया