काठमाडौं – बिहीबार सुर्याेदय लघुवित्त वित्तिय संस्थाको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार आज उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको हो ।
यस अघि उक्त कम्पनीको शेयर मुल्य १७५० रुपैयाँ थियो । आज त्यो बढेर १७५ रुपैयाँले बढेर १९२५ रुपैयाँको पुगेको हो ।
आज यो कम्पनीको शेयर कारोबार घटेर अर्थात् १७२५ रुपैयाँबाट सुरु भएको थियो । त्यसपछि पनि घटेर १६९० रुपैयाँमा झरेको थियो । तर, अहिले भने उक्त कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट नै लागेको छ ।
नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्न चाहानेको चाप छ । तर, बिक्री गर्ने लगानीकर्ता नगन्य छन् ।
प्रतिक्रिया