कारोबारको पहिलो घण्टा : ओरालो यात्रामा नेप्से, कारोबार रकम साढे १ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं-  साताको अन्तिमा दिन –बिहिबार) नेपाल स्टक एक्सेन्च –नेप्से) परिसुचक कारोबार सुरु भएको पहिलो घण्टासम्म आइपुग्दाँ ओरालो लागेको छ । 

१२ बजेसम्म आइपुग्दाँ परिसुचक ०.३७ अंकले ओरालो लागेर २४६६.५५ को बिन्दुमा पुगेको छ ।

कारोबारका १२ उपसमुहमध्ये ५ उपसमुह भने हरियोमा कायम छन् र बाँकी ७ उपसमुह ओरालो लागेका छन् ।

एक घण्टाको अवधीमा कारोबारमा आएका १९३ कम्पनीको २६ लाख ५२ हजार ९७७ कित्ता शेयर १७ हजार ९८९ पटक खरिद बिक्री हुँदा १ अर्ब ६९ करोड ८६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

आज प्रचण्ड माधव समुहले गरेको देशव्यापी हड्तालका कारण नेप्सेमा नकरात्मक असर परेको अनुमान गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया