हड्ताल सफल पार्न मुख्यमन्त्री भट्ट सडकमा

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले  गरेको देशव्यापी आमहड्ताल सफल पार्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा निस्किएका छन् ।

राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन निस्किएका हुन् ।

प्रमुख स्वकीय सचिव शिवसिंह वलीले मुख्यमन्त्री भट्ट सडक आन्दोलनमा सहभागी भएका जानकारी दिए । वलीले सामाजिक सञ्जाल फेसबूकमा राखेको तस्वीरमा मुख्यमन्त्री भट्टसँगै नेता देव गुरुङ समेत देखिएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया