म्यान्मारमा सत्ता कब्जापछि सेनाले गर्यो फेसबुकमा प्रतिबन्द

५ बर्ष अगाडि

काठमाडौं - म्यान्मारमा सत्ता कब्जा गरेको सेनाले आजदेखि फेसबुकलगायत मेसेज आदान प्रदान गर्ने अन्य सामाजिक सञ्जाल बन्द गरेको छ।

सेनाले सत्ता हातमा लिएलगत्तै त्यहाँ आन्दोलन चर्किन थालेपछि सामाजिक सञ्जालमा समेत बन्देज लगाएको हो।

आन्दोलनकारीले विरोध प्रदर्शनका दृष्य फेसबुकमार्फत् व्यापकरुपमा सेयर गर्न थालेपछि सैन्य सरकारले दबाब महशुस गरेको रोयटर्सले जनाएको छ।

त्यहाँको सूचनना तथा सञ्चार मन्त्रालयले आइतबारसम्म फेसबुक बन्द गरिने जानकारी दिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया