सुकुम्बासी जग्गाको मालिक हुने सुनिश्चित भएपछि सरकार ढाल्ने षड्यन्त्र भयो : शान्ता चौधरी

५ बर्ष अगाडि

काठमाडौं - नेकपा केन्द्रीय कमिटी सदस्य एवं पूर्व सांसद शान्ता चौधरीले गरिबहरूले लालपूर्जा पाउने र सुकुम्बासीहरू जग्गाको मालिक हुने सुनिश्चितता भएपछि सरकार ढाल्ने षड्यन्त्र भएको बताएकी छिन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन पार्टी भित्रबाट षड्यन्त्र भएको आरोप लगाएकी छिन् । 

भूमिहीन सुकुम्बासी सङ्गठनले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ चौधरीले जनताको पक्षमा काम गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन पार्टी भित्रबाट षड्यन्त्र भएको आरोप लगाएकी छिन् । 

यसपछि प्रधानमन्त्रीले संसद् विघटनको बाध्यात्मक अवस्था रोजेको बताएकी हुन् । साथै नेतृ चौधरीले अहिले पनि भूमिहीन सुकुम्बासीप्रति दोस्रो दर्जाको नागरिकको व्यवहार गरिएको गुनासो गरिन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया