काठमाडौं - आमहड्तालका नाममा गैरकानुनी क्रियाकलाप गर्नेलाई कारबाहीको दायरमा ल्याउने नेपाल प्रहरीले बताएको छ ।
सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्तालको घोषणा गरेको छ ।
प्रचण्ड–नेपाल समूहले आमहड्तालको घोषणा गरे पनि गैरकानुनी क्रियाकलाप गरे नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीले जनाएको छ ।
साथै सुरक्षा व्यवस्था कडा पारिएको र पसल बन्द गराउँदै हिँड्ने र अन्य गैरकानुनी कार्यमा लागेकाहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीले जनाएको छ ।
यता नेकपाले भने आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवा, विद्यार्थीहरुको परीक्षा सञ्चालनमा अवरोध नगर्ने जनाएको छ ।
प्रतिक्रिया