अन्तिम समयसम्म आउँदा ६.८१ अंकले ओरालो लाग्यो नेप्से, सर्वाधिक कारोबार गर्दै ग्लोबल आईएमी उच्च स्थानमा

५ बर्ष अगाडि

काठमाडौं- साताको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सेन्ज(नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ६.८१ अंकले ओरालो लागेको छ ।

आज ११ बजे २४७३.७३ को बिन्दुबाट कारोबार सुरु भएको थियो । सो परिसुचक कारोबार सुरु भएको १ घण्टामा ३० अंकले बढेर २५०० को बिन्दु नाघ्दै ऐतिहासिक उचाईमा पुगेको थियो । कारोबार सुरु भएको ४ घण्टासम्म आउँदा नेप्से ०.२८ अंकले ओरालो लाग्दै २४६६.९२ को बिन्दुमा पुगेको हो ।

नेप्से परिसुचक ओरालो लागेपनि सेन्सेटिभ भने ०.९२ अंकले बढेर ४५२.२९ को बिन्दुमा पुगेको छ ।

कारोबारको अन्तिम समयसम्म आउँदा १२ उपसमुहमध्ये ४ उपसमुह भने उकालो लागेका छन् । बैंकिङ समुह ४.०७ अंकले, हाइड्रोपावर समुह १९.७९ अंकले, लघुवित्त समुह १ अंकले र सामुहिक लगानी कोष ०.०५ अकले बढेका हुन् ।

कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २०२ कम्पनीले २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर ९१ हजार ५५९ पटक खरिद बिक्री हुदाँ ९ अर्ब ५३ करोड १७ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीहरु मध्ये ५६ करोड १९ लाख २४ हजार रुपैंया बराबरको कारोबार गर्दै ग्लोबल आईएमी बैंक लिमिटेड उच्च स्थानमा रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया