काठमाडौं - चिलिमे हाइड्रोपावरको बोनस शेयर तथा नेपाल फाइनान्सको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
चिलिमेको ५७ लाख ९ हजार ७६२.२५ कित्ता बोनस शेयर तथा नेपाल फाइनान्सकोे १६ लाख ९७ हजार कित्ता हकप्रद सूचिकृत भएको हो ।
चिलिमेले गत आवको नाफाबाट १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सोही बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो ।
त्यसैगरी, नेपाल फाइनान्स कम्पनी लिमिटेडको १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।
प्रतिक्रिया