अब ट्राफिक जरिवानाको भुक्तानी अनलाइनबाट नै गर्न सकिने

५ बर्ष अगाडि

काठमाडौं - ट्राफिक नियम उल्लङ्गन गरे बापतको जरिवाना अब कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने भएको छ । काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि उक्त सेवा शुभारम्भ गरेको हो। 

उक्त सेवासँग सम्बन्धित सम्झौता पत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिहं प्रधानले हस्ताक्षर गरेका छन् ।

ट्राफिक जरिवानाको भुक्तानी अन्लाईनबाट भए लगतै अब सेवाग्राहीले बैंक शाखा नै पुगेर जरिवाना रकम जम्मा गर्नु पर्दैन । साथै यस सेवालाई आगामी दिनमा एनसीएचएलमा आबद्ध बैंक वित्तिय संस्थाका मोबाईल/इन्टरनेट बैंकिङ्ग एवम् अन्य आबद्ध पिएसपि वालेट मार्फत पनि भुक्तानी गर्न सकिने गरी विस्तार गरिने जनाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया