कारोबारको तेस्रो घण्टा : दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम साढे ६ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- साताको चौथो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ दोहोरो अंकले ओरालो लागेको छ ।

कारोबार सुरु भएको तीन घण्टामा ०.६२ प्रतिशतले ओरालो लागेको परिसुचक २४५८.४१ को बिन्दुमा पुगेको छ ।  

कारोबारका १२ उपसमुहमध्ये ३ उपसमुह भने हरियोमा कायम रहेका छन् भने बाँकी ९ उपसमुह ओरालो लागेका छन् ।

दुई बजेसम्म कारोबारमा आएका २०१ कम्पनीको १ करोड ३६ लाख ५ हजार १८५ कित्ता शेयर ६४ हजार ४६ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ६२ करोड ४५ लाख रुपैंया बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया