सुशान्त सिंहका पुर्व म्‍यानेजर ऋषिकेश ड्रग्स सप्लाइ गरेको आरोपमा पक्राउ

५ बर्ष अगाडि

बलिउडमा मंगलबार सुशान्त सिंह राजपूतको पुर्व म्‍यानेजर ऋषिकेश पवार पक्राउ परेका छन्। भारतीय सञ्‍चारमाध्‍यमको जानकारी अनुुसार पक्राउ परेका ऋषिकेशसँग प्रहरीले सोधपुछ गरिरहेको  छन् ।

पवार पछिल्लो केही दिनदेखि नै फरार रहेका थिए। भारतको एनडीसीपीएस अदालतबाट जमानत लिएर छुटेपछि उनलाई मंगलबार नारकोटिक्स कन्ट्रोल ब्‍यूरोले पक्राउ गरेको थियो। धरैपटक बलाए पनि उनी केन्द्रीय जाँच एजेन्सी समक्ष उपस्थित भएका थिएनन्।

यस्तै केही समयअघि एनसीबीको अनुसन्धानमा एक ड्रग्स कारोबारीले पवारको नाम लिएका थिए। सुशान्तको स्टाफ दीपेश शावन्तले पनि आफ्नो बयानमा ऋषिकेशकै नाम लिएका थिए। उनले ऋषिकेशले नै सुशान्तलाई ड्रग्स सप्लाइ गर्दै आएको आरोप लगाएका थिए।

पवारले केही समय मात्रै सुशान्तसँग काम गरेका थिए।तर उनीमाथि सुशान्तसँग छाडेपछि पनि ड्रग्स भने सुशान्तलाई सप्लाइ गर्दै आएको आरोप छ।

अभिनेता सुशान्त सिंह राजपूतले १४ जुन सन् २०२० मा मुम्बइको बान्द्रस्थित फ्लाइटमा फासी लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए। 

५ बर्ष अगाडि

प्रतिक्रिया