काठमाडौं- नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक बुधबार कारोबारको पहिलो घण्टा सम्म आइपुग्दाँ ३०.४९ अंकले बढेर ऐतिहासिक बिन्दुमा पुगेको छ ।
नेप्से परिसुचक १२ बजेसम्म आइपुग्दाँ १.२३ प्रतिशतले बढेर हालकै उच्च बिन्दु २५०४.२३ को बिन्दुमा पुगेको छ ।
हालसम्म कारोबारमा आएका १८९ कम्पनीको ३३ लाख ५४ हजार ७६३ कित्ता शेयर १८ हजार ७५४ पटक खरिद बिक्री हुदाँ १ अर्ब ८१ करोड ३९ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया