काठमाडौं – राईराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आवको पुस मसान्तसम्म रु. ५ करोड १८ लाख ५ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. १ करोड ९९ लाख ४१ हजार खुद नाफा कमाएको छ ।
समिक्षा अवधीमा कम्पनीले १४ करोड ३९ रुपैयाँ कुल आम्दानी गरेको छ । हाल कम्पनी चुक्तापुँजी ५६ करोड रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. ६ करोड ८१ लाख ६७ हजार जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १८.५० रुपैयाँ रहेको छ । यस्तै, प्रतिशेयर कुल सम्पत्तिको मुल्य ३४८.२५, प्रतिशेयर नेटवर्थ ११२.१७, मुल्य आम्दानी अनुपात १३.४० र तरलता अनुपात ०.८३ रहेको छ ।
प्रतिक्रिया