काठमाडौं- सानिमा बैंकले मासिक किस्ताबन्दीमा सामसङको एस २१ खरिद गर्न सकिने व्यवस्था मिलाएको छ । बैंकले मोबाइल खरिद गर्न निशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरको व्यवस्था पनि गरेको छ ।
यसका लागि बैंकले आधिकारिक वितरकहरु आईएमएस स्मार्ट र हिम इलेक्ट्रोनिक्ससंग सम्झौता गरेको छ ।
सामसङ एस २१ सिरिजको प्रि बुकिङ सुरु भइसकेको छ । गा्रहकहरुका लागि आगामी माघ २३ गतेबाट उपलब्ध हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया