संवैधानिक निकायमा सिफारिस पदाधिकारिको आज शपथ ग्रहण गराइँदै

५ बर्ष अगाडि

काठमाडौं- संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई आज बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बुधबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा शपथ ग्रहण गराउने तयारी भएको जानकारी दिए ।

सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरु सम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार उनीहरुलाई शपथ खुवाउन लागिएको हो ।

राष्ट्रपतिको उपस्थितिमा संवैधानिक आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने उनले जानकारी दिए । आयोगका सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ गराउनेछन् ।

विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूलाई शपथ ग्रहण गराउन लागिएको हो ।

अध्यादेशमार्फत ऐन संशोधन गरेपछि ओलीको अध्यक्षतामा मंसिर ३० गते बेलुका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा बसेको संवैधानिक परिषदको बैठकले ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी सिफारिस गरेको थियो।

५ बर्ष अगाडि

प्रतिक्रिया