रणवीर र दीपिकाको  '८३ ' अग्रेजी भाषामा पनि निर्माण हुने

५ बर्ष अगाडि

बलीउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको  ु८३ु फिल्म अग्रेजी भाषामा पनि निर्माण हुने भएको छ।   

८३ क्रिकेटर कपिल देवको बायोपीकमा आधारीत फिल्म हो। १९८३ मा विश्वकप क्रिकेटलाई मुल कथालाई लिएर बनाइएको फिल्ममा कपिल देवको भुमिकामा रणवीर देखिदै छन् भने उनकी पत्नी रूमी देवीको भुमिकामा दीपिका देखिने छिन् । 

१९८३ मा भारतिय क्रिकेट टोलीका कप्तान थिए  कपिल देव । उक्त खेलमा भारतले पहिलोपटक विश्वकप जितेको थियो।फिल्मलाई कविर खानले निर्देशन गदैछन् । 

कपिल देवका प्रशंसकहरु विश्वभर रहेकाले फिल्मलाई अंग्रेजी भाषामा पनि निर्माण गर्न लागिएको बताइएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया