काठमाडौं- बुधबार साँझ ५ बजे बस्ने भनेको संवैधानिक परिषद्को बैठक स्थगित गरिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आग्रहमा बैठक स्थगित गरिएको हो । प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्चमा बहस जारी रहेकाले जबराले परिषद्को बैठक स्थगित गर्न आग्रह गरेका थिए।
परिषद्को अर्को बैठकको मिति भने तोकिएको छैन।
प्रतिक्रिया