करिब साढे ६५ अंकले बढ्दै नेप्से परिसुचक ऐतिहासिक उचाईमा, कारोबार रकम साढे ८ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च –नेप्से परिसुचक ऐतिहासिक उचाईमा पुगेको छ । 

आज ११ बजे २४०८.२४ को बिन्दुबाट सुरु भएको परिसुचक कारोबारको अन्तिम समयसम्म आउँदा ६५.४९ अंकले बढेर हालकै उच्च बिन्दु २४७३.७३ को बिन्दुमा पुगेको छ । तीन बजेसम्म परिसुचक २.७२ प्रतिशतले बढेको हो ।

आज सेन्सेटिभ पनि १४.१० अंकले बढेर ४५१.३८ बिन्दुमा पुगेको छ । 

कारोबारको अन्तिमसमयसम्म आउँदा १२ उपसमुहमध्ये एक उपसमुह भने ओरालो लागेको छ । तीन बजे सम्म आउँदा होटेल समुह ६२.०८ अंकले ओरालो लागेको हो । अन्य ११ उपसमुहमा भने हरियाली छाएको छ ।

अन्तिम समयसम्म कारोबारमा आएका २०० कम्पनीको १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर ७४ हजार ७१५ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५९ करोड ३४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीहरुमध्ये नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडले ५८ करोड ८७ लाख रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ 

५ बर्ष अगाडि

प्रतिक्रिया