काठमाडौं- नेपाल स्टक एक्सेन्च (नेप्से) कारोबारको तेस्रो घण्टा सम्म आइपुग्दा ४८ अंकले बढेर ऐतिहासिक उचाईमा पुगेको छ । कारोबार सुरु भएको तीन घण्टाको अवधीमा परिसुचक १.९९ प्रतिशतले बढेको हो ।
दुई बजेसम्म आउँदा ९.५७ अंकले बढेर ४४६.८५ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १२ उपसमुह मध्ये तीन उपसमुह भने ओरालो यात्रामा नै रहेका छन् ।
हालसम्म कारोबारमा आएका २०० कम्पनीको १ करोड ४ लाख २४ हजार ७५० कित्ता शेयर ५३ हजार ७७४ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ९५ करोड ९० लाख रुपैंया बराबरको कारोबार भएको छ
प्रतिक्रिया