सामाजिक सुरक्षा कोषको सेवा सुविधा अब नागरिक एप मार्फत पनि पाइने भएको छ । कोषले एक विज्ञप्ती जारी गर्दै यस बिषयमा जानकारी दिएको हो ।
कोषले आफ्नो सेवा सुविधालाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले नागरिक एप मार्फत पनि सेवा प्रवाह गर्ने भएको हो । सामाजिक सुरक्षा कोषबाट हुने सम्पुर्ण काम नागरिक एप डाउनलोड गरि मोबाईल बाटै गर्न सकिने छ ।
सरकारले केही समय अघि नागरिक नागरिक अप सञ्चालनमा ल्याएको छ । अब सोही अपबाट कोषको सेवा सुविधा पनि पाइने छ ।
स्मार्ट फोन बोक्ने नागरिकले मोबाइलको प्ले स्टोरमा गएर नागरिक एप डाउनलोड गर्न सक्छन । एप प्रयोग गर्न आफ्नो नाममा रहेको मोबाइल नम्बर हुनुपर्ने अनिवार्य गरिएको छ । मोबाइल नम्बर राखिसकेपछि नम्बर कसको नाममा दर्ता छ भन्ने कुरा एपले स्वचालित रूपमा पत्ता लगाउने गरी प्रविधिको विकास गरिएको छ ।
एपमा सेवा लिनका लागि तपाईंको मोबाइल नम्बर मागिन्छ । मोबाइल नम्बर दिएपछि त्यो मोबाइल नम्बरमा तपाईंलाई ६ वटा नम्बरको कोड पठाइन्छ । त्यो कोड राखेपछि परिचयपत्रको प्रकार छनोट गर्ने सुविधा हुन्छ । जसमा नागरिकता, मतदाता र राहदानीको परिचयपत्र छनोट गर्न सक्ने सुविधा रहेको छ ।
यदि तपाईंले नागरिकता छनोट गर्नुभयो भने नागरिकता नम्बर, जारी गरेको जिल्ला, जन्ममिति र नागरिकता जारी गरेको मिति दिनुपर्ने हुन्छ । नागरिकता नम्बरकै आधारमा एपले सम्बन्धित निकायको आवश्यक सूचना खोज्न सक्छ ।
यदि तपाईं प्यान नम्बर कुनै सरकारी कार्यालयमा आवश्यक पर्यो भने एपले राजस्व विभागको प्रणालीबाट प्यान नम्बर पत्ता लगाउँछ । अर्थात् नागरिकता नम्बरको आधारमा प्यान नम्बर पत्ता लाग्छ । त्यसो हुँदा तपाईंले नागरिकता वा प्यानको फोटोकपी बुझाउनु परेन । एपमा सबै विवरण पनि भर्नु परेन, सिस्ट आफैँले आवश्यक नम्बर पत्ता लगाउँछ ।
प्रतिक्रिया