भक्तपुर – सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित एसएस पोल्ट्री फर्ममा काम गर्ने रोल्पाका ३७ वर्षीय अमर दमाईको बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने रोल्पा मुस्ताङ गाउँपालिका–९ का २१ वर्षीय धनबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ । लाठी प्रहार गर्दा गम्भीर घाइते भएका अमरको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया