इपीएस कोरीयन भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुने भएको छ । इपीएस कार्यालय ग्वार्कोले आज एक सूचना जारी गर्दै यसवर्ष करीब भाषा परीषा पास गर्ने सात हजार एक सय कोरीया जान पाउने छन् । परीक्षार्थी मध्यबाट उत्पादनमुलक क्षेत्रतर्फ चार हजार ८०० र कृषि तथा पशुपालनतर्फ दुइ हजार ३०० कामदार छनोट हुने कार्यालयले जनाएको छ ।
भाषा परीक्षाका लागि एक व्यक्तिले एक क्षेत्रमा मात्रै आवेदन दिनुपर्नेछ । आवेदनका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको व्यक्ति योग्य हुने कार्यालयले जनाएको छ ।
जेठको अन्तिम साता हुने परिक्षाका लागि इच्छुक आवेदकले चैत्र ८ देखि १७ गते सम्म आवेदन दिन सक्नेछन् । दश दिनको लागि छुट्याइएको समायावधिमा युवाहरुले इन्टरनेट मार्फत आवेदन भर्नुपर्नेछ ।
परिक्षाका लागि २४ डलर शुल्क लाग्ने वताइएको छ । भाषा परिक्षा काठमाडौं र पोखरामा सञ्चालन हुने कार्यालयले जनाएको छ । परिक्षा स्थल जेठ १८ मा जानकारी गराइने वताइएको छ । भाषा परिक्षाको नतिजा आषाढ १६ मा प्रकाशित हुनेछ । वस्तुगत प्रश्नहरुको लागि कुल पुर्णाङक २०० रहेको छ भने पढाई र सुनाइका लागि २५÷२५ प्रश्न सोधिने छ । परिक्षाका लागि पढाईलाई ४० मिनेट र सुनाइलाई ३० मिनेट निर्धारण गरिएको छ ।
प्रतिक्रिया