मंगलबार विभिन्न ६ कम्पनीको शेयरमूल्य करिब १० प्रतिशत हाराहारीमा पुगेको छ । दोश्रो बजारमा प्रभु लाइफ, जनउत्थान सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, रिलायन्स लाईफ इन्सुरेन्स, जनरल इन्सुरेन्स कम्पनी, माउण्टेन इनर्जी नेपाल र सानीमा जनरल इन्सुरेन्सको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो ।
यी मध्ये प्रभु लाईफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कारोबार शुरु हुँदा रु ८४० मा खुला भएको प्रभुको शेयर मूल्य प्रतिकित्ता रू। ८४ ले बढेर रू। ९२४ पुगेको छ ।
एक घण्टाको कारोबार अवधिसम्म कम्पनीको ५ हजार ८३६ कित्ता शेयर खरीद आदेश रहेको छ भने १२० कित्ता विक्री आदेश रहेको छ ।
त्यस्तै जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । मंगलबार २ हजार ८१५ रुपैयाँबाट कारोबार शुरु भएको जनउत्थानको शेयरमूल्य दुई घण्टाको अवधिमा रु २८१ ले बढेर ३ हजार ९६ पुगेको छ । २१ वटा कारोबार मार्फत ४९५ कित्ता शेयर कारोबार भएको छ ।
त्यस्तै रिलायन्स लाइफ इन्स्योरेन्सको कारोबार पनि ९.९० प्रतिशतले बृद्धि भएको छ । मंगलबार रु ६७७ बाट शुरु भएको कारोबार ६७ रुपैयाँ बढेर रु ७ सय ४४ पुगेको छ ।
त्यस्तै सानीमा जनरल इन्स्योरेन्सको शेयरमूल्य ९.८७ प्रतिशतले बढेको छ । मंगलबार रु ६३८ बाट शुरु भएको सानीमाको कारोबार रु ६२ ले बढेर रु ६९१ पुगेको छ ।
मंगलबार जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य पनि ९.८६ प्रतिशतले बढेर रु ६९१ पुगेको छ । कारोबार शुरु हुँदा ६२९ रहेको जनरलको शेयरमूल्य यो अवधिमा रु ६२ले बढेको हो ।
त्यस्तै आज प्रुडेन्सियल इन्स्योरेन्सको कारोबार पनि ९.४४ प्रतिशतले बढेको छ । यसको मूल्य आज सबैभन्दा धेरै रु ८०० पुगेको छ । आज बिहान रु ७३१ बाट शुरु भएको कारोबार दोश्रो घण्टासम्म रु ६९ ले बढेको हो ।
प्रतिक्रिया