काठमाडौं- नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आउँदा ४५.८९ अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको २ घण्टाको अवधीमा परिसुचक १.९१ प्रतिशतले बढदै २४५४.१३ हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो ।
कारोबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुह भने ओरालो लागेका छन् । होटेल समुह २३.२६ अंकले, फाइनान्स ५.११ अंक र सामुहिक लागानी कोष ०.०१ अंकले ओरालो लागेका छन् ।
दुई घण्टको अवधीमा कारोबारमा आएका १९८ कम्पनीको ७१ लाख ८४ हजार ८६५ कित्ता शेयर ३७ हजार ८९३ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ९२ करोड ५१ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया