नक्कली नोट सहित पक्राउ

७ बर्ष अगाडि

काठमाडौं– कागेश्वरी मनहरा नगरपालिका-११ बस्ने २५ वर्षीय शाहिल थापा र सोही ठाउँ बस्ने २९ वर्षीय विकास दोक्चे महर्जनलाई १ हजार दरका नक्कली नेपाली नोट २९ हजार रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-७ चाबहिल चोकमा जाँच गर्ने क्रममा बा.४५ प ८०६६ नम्बरको स्कुटर चालक शाहिल र स्कुटरमा सवार विकासको साथमा उक्त नक्कली नोट फेला परेपछि महानगरीय प्रहरी वृत गौशालाको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया