काठमाडौं –भक्तपुर र पर्साबाट अवैध लागूऔषध सहित ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर सूर्यविनायक नगरपालिका–५ चुनदेवी बस्ने मकवानपुरका २६ वर्षीय दानेज खड्कालाई लागूऔषध १ सय १३ एम्पुल नुर्फिन, ५० एम्पुल डाइजेल्याव, ९० एम्पुल फेनारगन र ३१ थान सिरिन्ज सहित चुनदेवीबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो । घटनाको थप अनुसन्धानको क्रममा अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीय उमेश बिकलाई लागूऔषध ६० थान नाइट्राभेट र १ सय एमएलको २ बोतल कोरेक्स सहित प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका बिकलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया