काठमाडौं- जनउत्थान सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४९.४० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि २.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त कुराको निर्णय माघ १९ गते बसेको सञ्चालक समितिको बैठक गरेको छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया