काठमाडौं – पछिल्लो समय लगातार सकात्मक सर्किट लेभलमा बढेको प्रभु लाइफ इन्स्योरेन्सको शेयर मुल्यमा आज कारोबार सुरु हुन साथ सकरात्मक सर्किट लागेको छ । आज कोरोबार सुरु भएको १÷२ मिनेट मै कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेर नयाँ उचाईमा पुगेको छ ।
पछिल्लो समय उक्त कम्पनीको शेयर मुल्य लगातार सकरात्मक लेभलमा बढेको छ । त्यो क्रममा आज पनि उक्त कम्पनीको शेयर मुल्य बढेर नयाँ उचाईमा पुगेको छ ।
हिजो कम्पनीको अन्तिम मुल्य ८४० रुपैयाँ थियो । आज त्यो ८४ अंकले बढेर ९२४ रुपैयाँ अर्थात् नयाँ उचाईमा पुगेको हो । आज ८८२ बाट उक्त कम्पनीको शेयर कारोबार खुल्ला भएको थियो ।
मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्न चाहाने खरिदकर्ताको चाप छ । तर, बिक्री गर्ने कोही आएका छैनन ।
प्रतिक्रिया