काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड माधव समूह दलको आधिकारिकताको दावी गर्न पत्रसहित निर्वाचन आयोगमापुगेका छन् । पेरिसडाँडामा हिजो बसेको केन्द्रीय समिति बैठकले दावी गर्ने निर्णय गरेसँगै आज प्रचण्ड माधव समूह आयोगमा जान लागेको हुन् ।
राजनीतिक रुपमा गत पुस पहिलो सातादेखि नै विभाजित नेकपाको विभाजन आधिकारिकता तर्फ अग्रसर भएको छ । नेता लीलामणि पोखरेलको नेतृत्वमा राजेन्द्रप्रसाद पाण्डेसहितका नेताहरु प्रचण्ड माधव समूहको प्रतिनिधित्व गर्दै आयोगमा जाँदैछन् ।
प्रचण्ड( माधव समूहको हिजोको बैठकले दल आधिकारिकताको दावी गर्ने निर्णय गरेसँगै नेकपाको विवाद अब निर्णायक निरुपणतिर अग्रसर भएको छ ।
१० बजे आयोग खुले लगत्तै आधिकारिकता दावी गर्दै पार्टीको पत्र आयोगमा बुझाउने प्रचण्ड माधव समूहको तयारी छ । जसका लागि नेता पोखरेललाई जिम्मेवारी दिइएको केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए ।
प्रतिक्रिया