काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडले नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम गरी बिक्री गर्ने भएको छ।
बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ९२ हजार २६६ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो।
सो शेयर खरिदका लागि योग्य लगानीकर्ताहरुले माघ २० गतेदेखि २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।
यस अघि बैंकले पुस १९ गतेदेखि २४ गतेसम्ममा यी तीन कम्पनी सहित एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट खरिद गर्न आह्वान गरेको थियो। सो मितिमा सम्पूर्ण शेयरका लागि आवेदन नपरेपछि पुनः सोही प्रक्रियाबाट खरिद गर्न आह्वान गरेको हो।
बैंकले नेशनल लाइफ इन्स्योरेन्सको न्यूनतम शेयरमूल्य प्रतिकित्ता ५३० रुपैयाँ तोकेको छ । यसअघि बैंकलेन्यूनतम शेयरमूल्य ५५० रुपैयाँ तोकेको थियो । लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।
बैंकको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर, थापाथली तथा विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन।
प्रतिक्रिया