सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति गठन गरेको छ । माघ १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्यमा गरेको नियुक्ति सोमबार राजपत्रमा सूचना जारी गर्दै सार्वजनिक गरेको हो ।
भूमि व्यवस्था मन्त्रालयका अनुसार हरेक जिल्लामा एक अध्यक्ष, एक विज्ञ र एक सदस्य गरी ७७ जिल्लामा २३१ जना जिल्ला समितिका पदाधिकारी नियुक्त भएका छन् । नवनियुक्त जिल्ला पदाधिकारीको शपथग्रहण माघ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आयोगका अध्यक्ष देवी ज्ञवालीले गराउने कार्यक्रम छ ।
भूमि आयोगका जिल्ला अध्यक्ष र सदस्य प्रायः सबै सोही जिल्लाका नेकपा नेता÷कार्यकर्ता छन् । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्वितीय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने जनाइएको छ ।
७७ जिल्लामध्ये दलित अध्यक्ष ३ जना र महिला अध्यक्ष ६ जना मात्रै छन् ।
प्रतिक्रिया