राष्ट्रपति आमासँग बुवाको हत्यारा खोज्ने प्रस्ताव राख्न उषाकिरण भण्डारीलाई सुझाव

५ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणलाई आफ्नी आमासँग बुबाको हत्यारा खोज्ने प्रस्ताव राख्न सुझाव आएको छ । नेकपा नेतृ सुष्मा राइले उषाकिरणलाई यस्तो सुझाव दिएकी हुन् । 

उषाकिरणले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई आफ्नो बालापन र आमाको सिन्दुरपोते फिर्ता गराइदिन चुनौती दिँदै स्टाटस लेखेपछि राईले उनलाई यस्तो सुझाव दिएकी हुन् । ‘बुवाको हत्यारा खोजौं भन्नु न आमालाई उषाकिरण छोरी,’ उनले भनिन्। 

रामकुमारीहरुले रगत बगाएर आमा (विद्यादेवी) लाई राष्ट्रपति बनाइदिएको भन्दै राईले भण्डारीलाई आफ्नी आमाले जनताका लागि के गरिन् भनेर प्रश्न गर्न पनि सुझाएकी छन् । ‘रगत बगाएर यो व्यवस्था ल्याउने रामकुमारीहरुले त आमालाई रास्ट्रपति बनाइदिए, आमा तपाइँले के गर्नुभयो ? सोध्नु’, उनले लेखेकी छन् । 

केहीदिन पहिला नेकपा नेतृ झाँक्रीले गोरखामा भएको जनसभालाई सम्बोधन गर्दै राष्ट्रपतिलाई महारानीको संज्ञा दिँदै बालकोट सर्न सुझाव दिएपछि त्यसको समर्थन र बिरोधमा सामाजिक सञ्जालमा चर्को बहस भैरहेको छ । 

कतिपयले महिलाले महिलालाई चरित्रहिनको आरोप लगाउनु गलत भएको भनिरहेका छन भने कतिपयले पार्टीभित्र लुकाएर राखेको वास्तविक कुरा सार्वजनिक भएको पनि टिप्पणी गरेका छन् । 

राष्ट्रपति भण्डारीले पार्टी फुटबाट जोगाउनुको साटो प्रधानमन्त्री ओलीसँग व्यक्तिगत सल्लाहमा जनताले रगत बगाएर ल्याएको संविधानमाथी कू गर्न खोजेको आरोप लागाएका छन् । 

तत्कालिन नेकपा (एमाले)मा त्याग, संघर्ष र बलिदानी गरेर आउने धेरै महिला भएपनि राष्ट्रपतिले अप्रत्यासित रुपमा पद पाउनु रहस्यको कुरा रहेको बताउँदै आएका छन् । पार्टीमा साँस्कृतिक बिचलनवादीहरुले राम्रो पद सँधै पाइरहने भएपनि महिलाको चरित्रमा प्रश्न उठाउँदा आलोचना हुने भएकोले बाहिर बोल्न नसकेको बताउँदै आएका छन् । 

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता नहुँदै तत्कालिन एमाले बरिष्ठ नेता माधवकुमार नेपालले तत्कालिन पार्टी अध्यक्ष केपी ओलीलाई शहिदपत्नी ताक्ने भनेर आरोप लगाएका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया